आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउँछु -प्रधानमन्त्री प्रचण्ड

आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउँछु -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । 

मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने उनले दाबी गरे । 

उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताए । 

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

Logo