राष्ट्रपतिमा एमालेलाई रास्वपाकाे जवाफ- पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ

राष्ट्रपतिमा एमालेलाई रास्वपाकाे जवाफ- पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिने बताएको छ । 

बिहीवार रास्वपाका सभापति रवि लामिछाने र नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीबीच भएको भेटवार्तापछि महामन्त्री मुकुल ढकालले यस्तो बताएका हुन् । 

सञ्चारकर्मीहरुसँग उनले एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएका हुन् । उनले भने, ‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रिय समिति र संस्दीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’ 

राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु सांसदहरुलाई भेट्ने क्रममा व्यस्त छन् ।   

Logo