पूर्व मन्त्री श्रेष्ठले भने– यातायात व्यवसायीको भरोसा टुट्न दिन्न

पूर्व मन्त्री श्रेष्ठले भने– यातायात व्यवसायीको भरोसा टुट्न दिन्न

केन्द्रबिन्दु
0
Shares

पूर्व मन्त्री एवं बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सङ्घीय सांसद किसान श्रेष्ठले यातायात व्यवसायीहरूको भरोसा टुट्न नदिने बताएका छन् । 

तराई यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले यातायात व्यवसायीको हरेक समस्यामा आफू सँगसँगै हिँड्ने र व्यवसायीको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

 ‘यातायात व्यवसायीहरूको धेरै समस्या छन् ती समस्याहरू एकै पटक समाधान हुन नसक्ला, तर तपाईहरूलाई अनुभूति हुने गरी, विश्वास हुने गरी म केही न केही उपहार अवश्य उपलब्ध गराउनेछु’ सङ्घीय सांसद श्रेष्ठले भने ‘तपाईँहरूको नेतृत्व गरेर जस्तो जुन ठाउँमा जानु परे पनि जाने हरेक अप्ठ्यारो सँगसँगै हिँड्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

शुक्रबार सिमरा स्थित तराई यातायात व्यवसायी सङ्घको सो कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले बिमा नीति र यातायात नीतिमा हेरफेर गर्नुपर्ने बताए । 

समितिको वरिष्ठ उपाध्यक्षमा सोहेल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जीवन श्रेष्ठ, पूर्व क्षेत्रको उपाध्यक्ष वीरेन्द्र कार्की, पश्चिम क्षेत्रको उपाध्यक्ष कुमार राई, उत्तर तर्फको क्षेत्रीय उपाध्यक्ष बोधराज आचार्य, दक्षिण उपाध्यक्ष उम्केश्वर प्रसाद रौनियार, महासचिव अर्जुन अधिकारी, उपमहासचिव देव श्रेष्ठ, सचिव रामबहादुर कार्की, लोकराज पौडेल, मनोज यादव, सहसचिव तुफान फारुक अन्सारी, कोषाध्यक्ष नारायण घिमिरे, सह कोषाध्यक्ष नवीन थापालगायत निर्विरोध चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोख्रेल, मदनराज कंसाकार, विजय रञ्जितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, सञ्जयकुमार गुप्तालगायत रहेका छन् । 

अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

Skip This
Skip This
Logo