सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको बैठक बस्दै

सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।  

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाका अनुसार मुख्यमन्त्री शाहले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेका हुन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाहको तयारी छ । संविधानको धारा १६८ ९३० अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ ।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

Logo