प्रधानमन्त्री प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगे -महासचिव पोखरेल

प्रधानमन्त्री प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगे -महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । 

विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ । २४ औं यदु स्मृति दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दावी समेत गरे । 

उनले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि त्यसलाई धान्न नसकेको बताए ।  

महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समिकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहो-याए । उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि बताए ।

Skip This
Skip This
Logo