नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् ।
सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।





























प्रतिक्रिया