प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेशी पनि ताेकियाे

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेशी पनि ताेकियाे

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। 

मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्। सर्वोच्च प्रशासनमा ०७९ Wo-९४७ नम्बरमा दर्ता भएको उक्त रिटको पेशी फागुन २५ गतेका लागि तोकिएको छ ।  

तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी दिएको अभिव्यक्तिको आधारमा प्रधानमन्त्री प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट भएकाे थियाे ।

तर, सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको रिट भएको उल्लेख गर्दै दरपीठ गरेको थियो। त्यस दरपीठ आदेशविरुद्ध निवेदकहरुले सर्वोच्चमा दिएको अर्को निवेदनका आधारमा गत शुक्रवार सर्वोच्चले निवेदन दर्ता गर्न आदेश दिएको छ । सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो ।

Skip This
Skip This
Logo