नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए ।
‘अघिल्लो कार्यकालको उहाँ (विद्यादेवी भण्डारी)को सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर पहिलो पटक सम्पूर्ण निर्वाचन मण्डल बनिसकेको थिएन । प्रदेशसभाहरु गठन भईसकेका थिएनन् । राष्ट्रिय सभा गठन भईसकेको थिएन । त्यस्तो अवस्थामा व्यवस्थापिका संसदले नै राष्ट्रपति चयन गर्नु परेको थियो ।’ उनले भने, ‘त्यो काम देखिसकेपछि, निर्वाचन मण्डल बनिसकेपछि, प्रदेशसभाहरु बनिसकेपछि उहाँलाई सिंगै देशले एक कार्यकाल छोटो भएपनि त्यसको अनुभवलाई हेरेर उहाँलाई राष्ट्रपति बनाएको थियो । यो हामी नेपालीहरुका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको ईतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ ।’
अध्यक्ष ओलीले महिलाहरु अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।





























प्रतिक्रिया