राष्ट्रपति निर्वाचनको निर्णय लिन रास्वपा बैठक बस्दै

राष्ट्रपति निर्वाचनको निर्णय लिन रास्वपा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिन आज बिहान बैठक बस्दैछ । 

रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे हुनेछ । 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

Logo