राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टी मतदानमा सहभागी नहुने भएको छ।
पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार बिहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हो। पार्टी अध्यक्ष विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेका तर्फबाट उम्मेदवार बनेका दुवै उम्मेदवारमा तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमसीसी खारेजीको विषयल गायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदवारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ। पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन्।
विज्ञप्ति-






























प्रतिक्रिया