राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन -माधव नेपाल

राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन -माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन् । 

बिहीवार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताए । 

‘जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् । मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन् ।’ उनले भने, ‘यसअर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरु, पार्टी पार्टीको निर्देशनका आधारमा नजोडिएका स्वतन्त्र व्यक्तिहरु आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्यो भन्दा भिन्न ढंगले अरु कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन ।’
 
राष्ट्रपतिको निर्वाचन अहिले जारी छ । 

Logo