रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति पदमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको छ ।

शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो  । श्रेष्ठ कैलाली -१ बाट निर्वाचित सांसद हुन्।

उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहाय प्रसाद यादवलाई उठाउने निर्णय गरिसकेको छ ।  उनी जसपाको संसदीय दलको नेता रहेका छन् । जसपा र नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छन् । 

आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । 

बिहीवार मुलुकले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाइसकेको छ । राष्ट्रपति पदका लागि भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् । 

Logo