उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोज्यो -अध्यक्ष ओली

उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोज्यो -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् । 

शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए । 

संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ । 
  
अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलिय गठबन्धन बनाएका टिप्पणी गरे । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ । 

‘एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीकोले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो, मा-यो । गाह्रो छ । आउ भाइ हो सबै मिलेर लडौँ भनेर । त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो । किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन् । हामी एक समयको एउटा राष्ट्रपति, एक समयको एउटा प्रधानमन्त्री आवधिक कुरामा मात्रै हेरिराखेका छैनौँ ।’ उनले भने । 

Logo