काठमाडौं महानगरका मेयर बालेन बेलायत प्रस्थान

काठमाडौं महानगरका मेयर बालेन बेलायत प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन्। सोमबार राति उनी त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन्।

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन्।

उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन्। मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।

Logo