नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिएका हुन् । साथै उनले राष्ट्रिय सभामा प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरिएको पनि जानकारी गराए ।
अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको बताए । त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको पनि बताए ।





























प्रतिक्रिया