यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

केन्द्रबिन्दु
0
Shares

सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताएकी हुन् । उनले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन् । 

उनले मन्त्रिपरिद्का बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको जानकारी दिइन् । सरकारले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको पनि उनले बताइन् । 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

  • वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोक्ने
  • २०७९ चैत ८ देखि १० गतेसम्म न्युयोर्कमा आयोजना हुने उच्चस्तरीय पानी सम्मेलन, २०२३ को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति गर्ने ।
  • कृषकले उत्पादन गरेको कच्चा दुधको उत्पादन स्थल वा संकलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट ७.१५ प्रतियुनिट एस.एन.एफ ४.५५ को दरले प्रति लिटरको न्युनतम खरिद मूल्य ६५ रुपैयाँ निर्धारण
  • नागढुङ्गा-नौबिसे-मुग्लिङ सडक विस्तारको लागि सडक सीमाभित्रका १२१ वटा घरटहराहरु भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिई घरटहराहरु हटाउन स्वीकृत प्रदान गर्ने
  • नारायघाट–मुग्लिङ सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कन भित्र परेका २६ वटा घर टहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षेतिपूर्ति दिई संरचना हटाउन स्वीकृति प्रदान गर्ने 
  • नेपाल सरकार र श्रीलंका सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदान प्रदान गर्न सम्बन्धी सम्झौतामा हस्ताक्षर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने 
  • मिति २०७९ फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने हेल्दी सिटी समिट विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने 
  • नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने 
  • बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने
  • निर्वाचन आयोज,नेपालका सचिव गोकर्णमणि दुवाडीको भारत भ्रमण स्वीकृत गर्ने
  • भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालको जापान भ्रमण स्वीकृत गर्ने 
  • पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने 
  • नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने 
  • कोशी पम्पचन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने
  • अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिने
  • नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने
  • नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने
  • तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने
  • रामपुर स्वास्थ चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्ती गर्नको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने 
  • यति एयरलाइन्सको एटिआर ७२,९ एन एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने 
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एंव अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने । 

 

Skip This
Skip This
Logo