नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए । उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिन्ह देखाएर स्ववियु निर्वाचनमा भोट मागेकोप्रति आपत्ति जनाए ।
उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन आग्रह गरे । उनले नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको एजेण्डा नै सकिएको आरोप लगाए ।





























प्रतिक्रिया