उपराष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन सत्ता गठबन्धन दल बैठक बस्ने

उपराष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन सत्ता गठबन्धन दल बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

१० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएपनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन । 

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

१० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक रूपमा छलफल भएको छ। आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने माओवादी केन्द्रका  एक नेताले बताए ।  

आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहनेछ । नेताहरूले जसपाका यादवलाई साझाउम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति नजुटेको हो । 

Logo