सरकारले रासायनिक मलमा अनुदान कटौती गरेकोमा जनमत पार्टीले गर्‍यो विरोध

सरकारले रासायनिक मलमा अनुदान कटौती गरेकोमा जनमत पार्टीले गर्‍यो विरोध

केन्द्रबिन्दु
0
Shares

सरकारले मलमा अनुदान कटौती गरेकोमा जनमत पार्टीले विरोध गरेको छ।

अध्यक्ष सिके राउतले विज्ञप्ति निकालेर किसानहरूको हितमा माग सम्बोधन नभए पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख गरेका छन्। सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान फागुन २४ गते कटौती गरेको थियो। ७०.८२ प्रतिशत अनुदान दिँदै आएकोमा कटौती गरी ५९.०४ मा झारेपछि विरोध भइरहेको छ।

‘किसानले प्रतिकिलो युरियामा ११, डिएपीमा ७ र पोटासमा ९ थप मूल्यभार व्यहोर्नुपर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताको हितमा काम गर्नुपर्ने र उत्पादनमुखी काममा बजेट बढाउनुपर्नेमा उल्टो समग्र अनुदान ११।८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको वेवास्ता गरेको देखिन्छ।’

 

Skip This
Skip This
Logo