प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेल अवलोकन गर्न मैदानमा पुगे

प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेल अवलोकन गर्न मैदानमा पुगे

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । 

खेलाडीको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेल मैदान पुगेका हुन् । दलका शीर्ष नेताले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् । 

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।  लिग–२ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ ।  युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

Skip This
Skip This
Logo