स्ववियु निर्वाचनको मौन अवधि सुरु

स्ववियु निर्वाचनको मौन अवधि सुरु

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। 

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङ रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । 

यही चैत ५ गते हुने स्ववियु निर्वाचन हुने भएको छ। निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयन पत्र दर्ता गरिएको थियो । 

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।

Skip This
Skip This
Logo