उपराष्ट्रपति पदको मतदान अन्तिम चरणमा

उपराष्ट्रपति पदको मतदान अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ।संघीय संसद मतदान केन्द्रमा २९८ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको हो। 

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छ । संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म मात्र चल्नेछ। त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo