‘सत्याग्रहीको माग चाँडो पूरा होस्’ : काँग्रेस नेता सिंह (भिडियोसहित)

‘सत्याग्रहीको माग चाँडो पूरा होस्’ : काँग्रेस नेता सिंह (भिडियोसहित)


काठमाडौं ।

नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सत्याग्रहीले राखेको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको सबल व्यवस्थापन र जीवन रक्षा गर्न माग गर्दै युवाले वसन्तपुरमा शुरु गरेको सत्याग्रहमा मंगलबार ऐक्यबद्धता जनाउँदै उनले कोरोना परीक्षणको दायरा बढाएर सत्याग्रहीले राखेको माग पूरा गर्न आग्रह गरे ।

इनफ इज इनफ समूहका युवाले गरेको सत्याग्रहमा उनले भने, “कोरोना सङ्क्रमित बढ्दा सरकार सचेत भएन, सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ ।” काँग्रेसका पूर्वमहामन्त्री सिंहले भने, “एघार दिनदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयास राम्रो भएको छैन, युवाको माग सरकारले चाँडो पूरा गर्न पर्छ ।”

सत्याग्रहीका मागमा पूर्वमन्त्री एवं काँग्रेस नेता नविन्द्रराज जोशी, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, काँग्रेस काठमाडौँका नेता राजुराज जोशीले ऐक्यबद्धता जनाएका थिए ।

Logo