व्यवसायमैत्री कानून निर्माणका लागि सधैं तयार छु -सभामुख घिमिरे

व्यवसायमैत्री कानून निर्माणका लागि सधैं तयार छु -सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् । 

सभामुख घिमिरेले उद्योग व्यवसायमैत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताए । 

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पु-याउन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे । 

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याए । मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने उनले बताए । 

Skip This
Skip This
Logo