प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ -माधव नेपाल

प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ -माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको बताएका छन् । 

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको बताएका हुन् । उनले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमती भइसकेको बताए । 

प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उनको भनाई छ । 
 
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताए । 

Logo