एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

तर, २६ पुषमा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको र राष्ट्रपतिको निर्वाचनमा दाहालले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आजै संसद्मा दोस्रो पटक विश्वासको मत लिँदैछन् ।

Logo