प्रधानमन्त्री प्रचण्डका कारण विदेशी सम्बन्ध बिग्रियो -अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डका कारण विदेशी सम्बन्ध बिग्रियो -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन् । 

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले दाहाल प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए । 

उनले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताए । उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए । प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको उनले बताए ।

अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे । उनले गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उहाँलाई विश्वासको मत नदिने बताए । 

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरे । 

Skip This
Skip This
Logo