नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
सोमवार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले प्रस्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिए ।
उनले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गरे । उनले संसदको मर्यादा कायम गरेर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले आफूहरु संसदमा प्रस्तुत विधेयक त्रुटीरहीत, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताए । उनले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गरे ।





























प्रतिक्रिया