सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियुको निर्वाचन हुने

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियुको निर्वाचन हुने

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ। यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो।

सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले बताए। उनका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन्।

सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ मा तोकेको निर्वाचनमा अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ। चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ। विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पस  छन्।

Logo