काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको जानकारी दिएका हुन् ।
पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ । थापाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

अर्को बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।
गत असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौं पटक स्थगित हुँदै आजका लागि तय गरिएको थियो । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति खोज्न भन्दै पटक पटक वार्ता भए पनि कुनै सहमति भएको छैन ।





























प्रतिक्रिया