प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेपाल)का अध्यक्ष माधवकुमार नेपाल बीच भेटर्वाता भएको छ ।
भेटको क्रममा अध्यक्ष नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।
तर कुन प्रदेशको मुख्यमन्त्री भन्ने प्रश्ट नभएको अध्यक्ष नेपालको भनाइ छ । यसअघि एकीकृत समाजवादीले कोशी प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने बताउदै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।





























प्रतिक्रिया