ओखलढुंगा सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग

ओखलढुंगा सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग सो माग गरेका हुन् । 

उनले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताए । 

Logo