आदर्श र मूल्य मान्यताको राजनीतिमा नेताहरु हिँड्न आवश्यक छ- काँग्रेस नेता सिंह

आदर्श र मूल्य मान्यताको राजनीतिमा नेताहरु हिँड्न आवश्यक छ- काँग्रेस नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरु हिँड्नुपर्ने बताका छन्।

सोमवार काठमाडौंमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताए।

उनले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा काँग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको र शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्नेकुरामा सोच्न जरुरी रहेको बताए । 

उनले भने, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरुले दिएको हामीले पाएका छौँ।

तर २०४६ को परिवर्तनपछि प्रतिवन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावस बेस पोलिटिक्समा जुन रुपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणिय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ।

आजको दिनमा सपना राजभण्डारीज्युले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जिवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको छ । स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले बिर्सिने छैन। कदर गर्नेछ।’नेता सिंहले  स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गरेको देन समाजले सम्झिरहने बताए । 
 

Skip This
Skip This
Logo