तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता हुने जनाइउकाे छ ।
आगामी चैत २१ गते काठमाडौँमा एक कार्यक्रमबीच एकता घोषण गरिने क्रान्तिकारी माओवादीका एक नेताले बताएका छन्। यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच एकता गर्ने सहमति भइसकेको छ । गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो ।































प्रतिक्रिया