राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन्। विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका हुन्।
बुधवार बिहान शीतलनिवासमा भएको भेटघाटमा विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
दूतहरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत आफूहरुले प्रभावकारी ढंगले काम गर्दै आएको बताए।





























प्रतिक्रिया