नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् ।
सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दावी गरेकी हुन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिन भित्रै यसले पूर्णता पाउने बताइन् ।
उनले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकीर समेत गरिन् ।
मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।





























प्रतिक्रिया