साझा न्यूनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउँछ -प्रमुख सचेतक लेखक

साझा न्यूनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउँछ -प्रमुख सचेतक लेखक

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् । 

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबार(भोलि)सम्ममा अन्तिम रुप प्राप्त गर्ने बताएका हुन् । उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए । 

प्रमुख सचेतक लेखकले मन्त्रीहरुको सपथ पनि चाँडै हुने प्रतिक्रिया दिए । 

Logo