जसपाबाट बारा- २ मा अध्यक्ष यादवको नाम सिफारिस

जसपाबाट बारा- २ मा अध्यक्ष यादवको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)नेपालले बारा निर्वाचन क्षेत्र २ को उपनिर्वाचनको लागि अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ । 

बुधबार बसेको जसपा क्षेत्रीय समितीको बैठकले अध्यक्ष यादवको एकल नाम उम्मेदवारको रूपमा सिफारिस गरेको हो । बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि यो क्षेत्र खाली छ । सप्तरीबाट पराजित अध्यक्ष उपेन्द्र यादव यही क्षेत्रबाट सांसद बन्ने दाउमा छन् ।

तर, सो क्षेत्र सीके राउत नेतृत्वको जनमत पार्टीले पनि नछाड्ने घोषणा गरिसकेको छ । उक्त क्षेत्रको उपनिर्वाचनको लागि आजै माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टीमा भित्र्याउँदै उम्मेदवार पनि बनाउने जनाएको छ । 

Skip This
Skip This
Logo