मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक बिहान ८ बजे

मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक बिहान ८ बजे

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ । बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ-आफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन-कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकबाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ ।

Logo