राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताए ।
उनले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरेका छन् । उनले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गरे । त्यस्तै उनले द्वन्द्वकालिन घटनाहरुको सम्बन्धमा संक्रमणकालिन न्यायको विधिबाट कानून बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘सात राजनीतिक दल र विपक्षी बिद्रोही माओवादीका बीचमा सहमति भयो, र सम्झौता कार्यान्वयन गर्ने कुरामा केही विवादहरु अहिले आएका छन् । सरकारमा जाने बेला त्यसलाई क्रान्तिकारी देख्ने, परिवर्तनकारी देख्ने, सरकारबाट बाहिर रहँदा आतंककारी देख्ने प्रवृत्तिका कारणले समस्या बल्झिराखेको छ ।
यसको हल गर्नुपर्छ । यसलाई संक्रमणकालिन न्यायको विधिबाट कानून निर्माण गरेर यो विधिबाट हल गरेर मात्रै देशलाई उँभो लाउन सक्छौँ ।’
उनले राजनीतिक दलहरु सरकारमा जाँदा तत्कालिन माओवादीले गरेको आन्दोलनलाई क्रान्तिकारी देख्ने र सरकारमा नहुँदा आतंककारी देख्ने प्रवृत्तिका कारण संक्रमणकालिन न्यायको विषय बल्झि रहेको बताए ।































प्रतिक्रिया