नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएकाे छ ।
हालसम्म सत्ता गठबन्धनबीच पूर्ण रुपमा मन्त्रालय भागबण्डाको सहमति नजुटेपनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने दाबी गरिएको छ । स्रोतका अनुसार कांग्रेसले उक्त मन्त्रालय सम्हाल्ने मन्त्रीहरुको पनि टुंगो लगाइसकेको छ ।
उपसभापति खड्का उपप्रधानसहित परराष्ट्र वा रक्षामध्ये एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने तयारीमा छन् ।
साथै कांग्रेसले भागबण्डामा पाएको अर्थ मन्त्रालयमा पार्टी प्रवक्ता प्रकाशशण महतलाई पठाउने तयारी गरेको छ । सहरी विकासमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाइने लगभग सहमति भएको छ । रमेश रिजालले पनि परराष्ट्र र रक्षा मन्त्रालयमध्ये एक मन्त्रालय सम्हाल्ने भएका छन् । यद्यपी यसबारे कांग्रेसको औपचारीक निर्णय भने बाहिरीसकेको छैन ।
प्रारम्भिक सहमतिअनुसार कांग्रेसले ८ वटा र सरकारको नेतृत्व दल माओवादीले ५ वटा मन्त्रालय लिने गठबन्धनमा सहमति जुटेको छ । जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी ३/३ वटा मन्त्रालय मागिरहेका छन् । तर, उनीहरूलाई २/२ वटा मात्रै दिने प्रधानमन्त्रीको योजना छ।
लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई १/१ वटा मन्त्रालय दिने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्रलाई कतिवटा मन्त्रालय दिने बारे गठबन्धन दलमा निर्णय भएको छैन।
भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् । आजै सरकारलाई पूर्णता दिनेगरी प्रधानमन्त्रीले गृहकार्य अघि बढाएपनि अन्य दलहरुको अडानको कारणले सम्भावना न्यून बनेको छ । मन्त्रालय नटुंगिएकै कारणले दलहरुले पनि मन्त्रीको नाम दिएका छैनन् ।





























प्रतिक्रिया