प्रतापलाल श्रेष्ठ तनहुँ १ मा नेकपा एसबाट सर्वसम्मत सिफारिस

प्रतापलाल श्रेष्ठ तनहुँ १ मा नेकपा एसबाट सर्वसम्मत सिफारिस

केन्द्रबिन्दु
0
Shares

तनहुँ १ मा आउँदो वैशाख १० को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। बिहीबार बसेको जिल्ला कमिटिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरेको हो।

‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक शक्तिहरू र आम स्वतन्त्र नागरिकलाई आफ्नै माटोले जन्माएको संघर्षशील नेता प्रतापलाल श्रेष्ठलाई विजय गराउन हार्दिक आव्हान र अपिल गर्दछौं’, बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष श्रीराम कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ।

Skip This
Skip This
Logo