उपनिर्वाचनका लागी तनहुँ र बारामा २६ दल दर्ता

उपनिर्वाचनका लागी तनहुँ र बारामा २६ दल दर्ता

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि  दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । 

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६  राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । 

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

Logo