कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत


कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । 

शुक्रबार बसेको प्रदेसभाको नवौँ बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गरेका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये उनको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरे । 

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि आज पनि विश्वासको मत लिएका हुन् । कर्णाली प्रदेश सभामा हाल काँग्रेसका १४,माओवादीका १३ र एमालेका १० सांसद रहेका छन्। नेकपा एकीकृत समाजवादी(एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रका एक/एक सांसद छन्।

Logo