नेपाली काँग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमख र निर्वाचन समितिले नेविसंघविना नै स्ववियुको चुनाव गराएर धाँधली गरेको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनुको सट्टा मिलोमतो गरेर नेविसंघलाई निर्वाचनमा भाग लिनै नदिई परिणाम सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका हुन् । अवैधानिक निर्वाचन रद्द गर्नुपर्ने माग काँग्रेसले गरेकाे छ ।
उक्त अवैधानिक कार्यको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थीसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका भएका आशिष देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएको काँग्रेसले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न काँग्रेसले सम्बद्ध पक्षसँग माग गरेको छ । साथै, घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि माग गरेको छ ।





























प्रतिक्रिया