मिटरब्याजको समस्यालाई अन्तराष्ट्रिय बनाउनुभयाे- प्रधानमन्त्री प्रचण्ड

मिटरब्याजको समस्यालाई अन्तराष्ट्रिय बनाउनुभयाे- प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका हुन् । यसको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उनले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताए ।

मिटरब्याज पीडितको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीमाथि कारबाहीका लागि पहल गरेको समेत बताए ।

उनले भने ‘मिटरब्याजी समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाइनेछ ।

त्यो प्रक्रिया अघि बढिसकेको छ,यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने काम हुँदैन । यो आयोग  एक्सन फोर्स जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु ।’ 

‘म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ । सुरक्षाका तीनवटै सुरक्षा अंग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह पनि गरेका थिएँ । केही मान्छे त समातिए । त्यो बेला मिटरब्याजीको भागाभाग पनि भयो ।

तर, यसको दीगो समाधान भने भएन । त्यो बेला अकै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ उनले भने । मिटरब्याज पीडितले मार्च गर्दै राजधानी आएकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । 

Logo