बागमती प्रदेश- भागबन्डा मिलाउन गठित कार्यदलको बैठक सुरु

बागमती प्रदेश- भागबन्डा मिलाउन गठित कार्यदलको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारलाई पूर्णता गठन गरिएको ७ सदस्यीय कार्यदलको बैठक काठमाडाैँमा सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज साँझसम्म मन्त्रिपरिषद्को बिस्तार गर्ने तयारी गरेसँगै कार्यदलको बैठक आयोजना भएको हो ।

नेपाली काँग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा निर्माण भएको कार्यदलले भागबन्डाको विषयमा निर्णय गर्न सक्ने नेपाली काँग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बताए । काँग्रेसले आवश्यकता र औचित्यको आधारमा ६ वटा सिटमा दाबी गरेको र त्यसबाट ब्याक नहुने अडान राखेपछि बैठकमा सहमति हुन सकेको छैन ।

Logo