प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका छन्।
आइतबार प्रधानमन्त्री प्रचचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पेटको दुखाइका कारण राष्ट्रपति पौडेललाई शनिबार अस्पताल लगिएको थियो । राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् ।





























प्रतिक्रिया