नेपाली कांग्रेसले बारा–२ मा आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने भएको छ ।
सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा जसपालाई सघाउने निर्णय गरेको हो।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त रहेको छ । जसपाले सो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरेको छ ।





























प्रतिक्रिया