गत मंसिरमा नेपाली काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्।
चितवन ३ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका भोजराज अधिकारीविरुद्ध कोइरालाले काँग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पार्टीको निर्देशन नमानेको भन्दै काँग्रेसले केन्द्रीय सदस्य कोइरालालाई कारबाही गरेको थियो। एमालेको समर्थनका बाबजुद पनि कोइराला मंसिर ४ को चुनावमा पराजित भएका थिए।
तर कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन्।





























प्रतिक्रिया